
काठमाडौं । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गर्ने प्रावधान छ । प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।