
काठमाडौँ– जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा ७ जना पक्राउ परेका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारीसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।