
काठमाडौँ । पाकिस्तान आइसीसीको एकदिवसीय वरियतामा शिर्ष स्थानमा फर्किएको छ ।
आइसीसीले आइतबार जारी गरेको नयाँ वरियतामा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा हार बेहोरेसँगै अस्ट्रेलिया एकदिवसीय वरियतामा तेस्रो स्थानमा झरेको छ ।
त्यसैगरी एशिया कपको उपाधि जितेको भारत भने दोस्रो स्थानमा नै रहेको छ । शिर्ष स्थानमा रहेको पाकिस्तानको ११५ रेटिंग रहेको छ भने ११५ रेटिंगसहित नै भारत दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै गरि अस्ट्रेलिया ११३ रेटिंगसहित तेस्रो स्थानमा छ । त्यस्तै अस्ट्रेलियालाई लगातार तीन खेलमा पराजित गरेको दक्षिण अफ्रिका १०६ रेटिंगसहित चौथो स्थानमा छ ।
त्यसैगरी नेपाल भने ३४ रेटिंगसहित एकदिवसीय वरियतामा १५औ स्थानमा नै रहेको छ ।