काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ ।
विभागले एक सूचना जारी गर्दै सोमबार (असोज १ गते) देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको जनाएको छ ।
यसको लागि प्रि–इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्नेछ ।