
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका सिटीबिटी कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् । परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।