
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्से १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो।यसैबीच सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न समितिले निर्देशन दिएको छ । नेपाल सरकारका मन्त्रीहरूलगायत सम्पूर्ण पदाधिकारीहरूले नियमानुसारभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको छ भने त्यो पनि नियमभन्दा बाहिर सम्पूर्ण फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।