
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। मनोनित हुनेमा चन्द्र भण्डारीसहितका नेताहरू छन्। देउवाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्।
विधानको धारा २१ को उपधारा १० मा पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ। केन्द्रीय सदस्यमा मनोनित हुनेमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, चन्द्र भण्डारी, शिवप्रसाद हुमागाईँ, किरणराज शर्मा पौडेल ,भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन्।