
काठमाडौँ । गए राति परेको वर्षाका कारण कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ । वर्षाका कारण अस्पताल भित्रको कक्षहरू पानीले भरेका हुन् ।
अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायत जलमग्न भएका छन् । अस्पताल पानी भरिँदा बिरामी तथा कुरुवाले सास्ती भोग्नु परेको छ । क्षणिक वर्षाले पुरै शहर जलमग्न भएपछि स्थानीयहरू चकित परेका छन् ।
निकास नहुँदा क्षणिक वर्षाले धनगढी पुरै जलमग्न भएको छ । अतिक्रमणमा परेको शहरका खोलानालाले निकास नपाउँदा धनगढी जलमग्न भएको जानकारहरू बताउँछन् ।