
काठमाडौं । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत रु २५ हजार उपलब्ध गराएका हुन । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उनीहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैँ खर्च माग्दै आएका थिए।