
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।