
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला १ हजार ४०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो ।