जोडिनुहोस
  • होमपेज
  • भारतीय अभिनेता सतीश कौशिकको निधन

मनोरञ्जन

भारतीय अभिनेता सतीश कौशिकको निधन

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन २५, २०७९
भारतीय अभिनेता सतीश कौशिकको निधन

काठमाडौं: भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन्। उनले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन्।

दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिलाई ह्दयघात भएको थियो। ह्दयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो। उनको त्यहाँ निधन भएको हो। र, पोष्टमार्टमका लागि मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे। कौशिकले अभियन गरेका मिस्टर इन्डिया, दिवाना मस्ताना चर्चित फिल्म हुन्।

रूप के रानी चोरोंका राजा फिल्मबाट निर्देशनमा आएका कौशिकले हम आपके दिलमे रहेते है, तेरे नामजस्ता चर्चित फिल्म निर्देशन गरेका थिए।

कौशिका पत्नी र एक छोरी छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate