
नेपाल समाजवादी पार्टीले प्रथम महाधिवेशन आउँदो वैशाखमा गर्ने भएको छ । १५ देखि १७ असोजमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा गर्ने बताएका छन् । महाधिवेशनको तयारीको लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेगरी बोलाइएको छ ।