
काठमाडौँ । चोर बाटोबाट अमेरिका छिर्न खोज्ने ४९ नेपाली स्वदेश फिर्ता भएका छन् । अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने उनीहरुलाई टर्कीबाट नेपाल फिर्ता पठाइएको हो ।
भारतबाट सबै कागजपत्र मिलाएर अमेरिका जान भनेर हिँडेका उनीहरुलाई टर्किस् एयरलाइन्सको जहाजमार्फत् काठमाडौँमा अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
मेक्सिको हुँदै अमेरिका जान खोज्ने उनीहरुलाई हिजो ९शनिबार० टर्कीबाट नेपाल फर्काइएको हो। उनीहरु भारत,मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए ।
मेक्सिकोबाट आज बिहान उनीहरु काठमाडौं आइपुगेका छन् ।