काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आइतबार संसदमा बोल्दै शिक्षकका जायज माग पूरा हुने बताएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८० का विषयमा संसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले जवाफ दिने क्रममा अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर माग गर्न सरकार प्रतिबद्ध रहेको बताए । संसदमा विधेयक दर्ता पूर्व र पछि शिक्षकसँग वार्ता र सहमति भए पनि आन्दोलन भएको उनको भनाइ थियो ।
उनले विधेयक फिर्ता लिएर परिमार्जनमा जानुभन्दा संसदीय प्रक्रियामार्फत संशोधन जानु उपयुक्त हुने बताए । अधिकांश सांसदले विधेयक परिमार्जन गर्नुपर्ने बताएका थिए ।
शिक्षामन्त्री राईले सरोकारवालासँग गरेको छलफलमा उठेका मागलाई संसदमा पुर्याउने प्रतिबद्धता गरेको जानकारी दिए ।