
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई काठमाडौंमै मोसो दलिएको छ । सोमबार कान्तिपथस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंलाई मोसो दलेका हुन् ।
बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै गणतन्त्रवादी युवा दस्ताले प्रसाईंलाई मोसो दलेको बताइन्छ ।
प्रसाईले सोमबार एलोप्यागोडा होटलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि मोसो दलिएको हो । मोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्री वस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।