काठमाडौँ— राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।
आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रवार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।
इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।