जोडिनुहोस
  • होमपेज
  • डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्य, चार जनाको उद्धार

डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्य, चार जनाको उद्धार

काठमाडौं।भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुंगा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

संयुक्त राष्ट्र संघीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार जीवित व्यक्तिलाई उद्धृत गर्दै ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट प्रस्थान गरेपछि शुक्रबारको प्रतिकूल मौसममा उनीहरू सवार डुंगा डुबेको जनाएको हो ।

उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानी जहाजमार्फत उद्धार गरी इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो ।

लाम्पेडुसामा आप्रवासीलाई मानवीय सहयोग गर्दै आएको इटालीको रेडक्रसले उद्धार गरिएका चारै जनाको स्वास्थ्य सामान्य रहेको बताएको छ । उनीहरू आइभरी कोस्ट र गिनीबाट आएका थिए ।

ट्युनिसियाको स्फ्याक्सस्थित सरकारी वकिलको कार्यालयले आप्रवासीहरूलाई अवैध रूपमा समुद्री सीमा पार गर्न सघाउनेका बारेमा अनुसन्धान सुरु गरिरहेको बताएको छ ।

यसअघि सोही कार्यालयलका अधिकारीहरूले सोमबार ट्युनिसिया र पश्चिमी सहाराको तटमा १६ जना आप्रवासीको मृत्यु भएको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help