जोडिनुहोस
  • होमपेज
  • महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा इन्दू बर्मा

महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा इन्दू बर्मा

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङकङमा हुने टी-२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । इन्दुले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानको जिम्मेबारी पाएकी हुन् ।

टी-२० शृंखला नोभेम्बर १५ तारिखदेखि सुरु हुनेछ । हङकङ भ्रमणका लागि घोषित टोलीमा उपकप्तानको जिम्मेबारी विन्दू रावललाई दिइएको छ । यसअघि राष्ट्रिय महिला टोलीको कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी थिइन् ।

हङकङ भ्रमणका लागि घोषित टोलीमा इन्दू वर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।

हङकङमा हुने टी-२० शृंखलामा ४ राष्ट्रको सहभागिता रहने छ । उक्त शृंखलामा नेपाल र हङकङका अतिरिक्त जापान र तान्जिनियाले सहभागिता जनाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help