
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।बालुवाटारमा बिहीबार बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको हो । संविधानको धारा १६८ ९५० बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ ।
यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो ।
गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक संख्या ४७ सांसद भएकाले आङ्बो कोशीको मुख्यमन्त्री बन्ने पक्का छ ।