
नेपाली कांग्रेस संसदीय दलका उपनतो हिमाल कार्कीले राजीनामा दिएका छन् । उनले दल नेता उद्धव थापालाई राजीनामा बुझाएका हुन् ।
विविध कारणले दल उपनेताको जिम्मेवारीमा रहने नसक्ने भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । कांग्रेस प्रदेश सभा सदस्यको हैसियतमा दलप्रति इमान्दार भएर भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।