
राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको मसया पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ ।