जोडिनुहोस
  • होमपेज
  • अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै मुख्य दुई प्रतिस्पर्धीद्वारा हार अस्वीकार

अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै मुख्य दुई प्रतिस्पर्धीद्वारा हार अस्वीकार

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा.बद्रि केसी निर्वाचित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टम मार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।

असोज ३० गतेदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन् ।

‘पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन। संघको तर्फबाट भेरोसँग मास्टर कपी माग गरिएको छ,’ श्रेष्ठ र शर्माले शुक्रबार बिहान संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले हामीलाई मान्य छैन । अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलको मत शून्य देखाइएको छ । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’

उनीहरूले हालको निर्वाचन समितिप्रति विश्वास नभएको र ११ औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने विज्ञप्तिमार्फत जनाएका छन् । यता, निर्वाचन समितिले शून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ ।

‘विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेषित निर्वाचन परिणाम जस्तातस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जन भएको र भेरो भोटिङसँग वास्तविक जानकारी लिइ सत्यतथ्य सार्वजनिक गरिनेछ,’ निर्वाचन समितिले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?