
काठमाडौं। काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले शनिबार हङकङविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । आजकै खेलमा नेपालका बलर प्रतिश जिसीले डेब्यु गर्दै छन् ।