
इस्लामावाद—पाकिस्तानमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । स्थानीय बजारमा सुनको प्रतितोला मूल्य पाकिस्तानी रुपैयाँ २,२०० ले बढेको छ ।
पाकिस्तानमा सुनको मूल्य प्रतितोला २ हजार २ सयले बढेर २ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको अल पाकिस्तान ज्वेलर्स म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष मुहम्मद अरशदले बताए ।
त्यस्तै, दस ग्राम सुनको मूल्य पनि एक हजार ८ सय ८६ रुपैयाँले बढेर १ लाख ७८ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा सुनको भाउ उकालो लागिरहेको छ । अन्तरराष्ट्रिय बजार अहिले प्रति औंस १९९९ अमेरिकी डलरमा रहेको छ ।