
शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ ।
आज लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।
आज ३३ लाख ६४ हजार कित्ता शेयर ८१ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको छ लाख १६ हजार सात सय कित्ता शेयर १४ करोड ६० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।