जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ४३ पुगेको छ । गएराती जाजरकोटलाइ केन्द्र बनाएर गएको भूकम्प परी हालसम्म १ सय ४३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको संख्या १ सय ६६ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन । त्यसैगरी, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन । घाइतेहरूको स्थानीय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ ।