
काठमाडौँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।
चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २।५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।
सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।