
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भए पछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।