जोडिनुहोस
  • होमपेज
  • पोखराको सेती नदीमा एक अर्ब रुपैयाँको लागतमा सिग्नेचर पुल निमार्ण शुरु

पोखराको सेती नदीमा एक अर्ब रुपैयाँको लागतमा सिग्नेचर पुल निमार्ण शुरु

पोखराको सेती नदीमा बन्ने सिग्नेचर पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पुल निर्माण कार्य २०८२ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ ।

मन्त्री ज्वालाले विकास निर्माणका काम समयमा सम्पन्न नहुने समस्यालाई चिर्दै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालय, स्थानीय सरकारबाट यसका लागि आवश्यक सहयोग हुने बताउनुभयो ।

मुग्लिन–पोखरा राजमार्ग सुधारको पहिलो चरणको योजना अन्तर्गत पुल निर्माण शुरु गरिएको हो । सेती नदीमा अहिले रहेको पुलको दायाँ बायाँ दुईरदुई लेनका दुई वटा पुल बन्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिनुभयो । राजमार्ग ६ लेनमा विस्तार हुँदैछ त्यसै अनुसार सेती नदीमा पनि छ लेनको पुल बन्ने महानिर्देशक ढकालले बताए ।

निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाले तोकिएको समय भित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । उहाँले निर्माण स्थलमा भएका भौतिक संरचना हटाइ साइट क्लियर गरिदिन पनि आग्रह गनुभयो ।

‘केबल–स्टेड’ प्रविधिका दुवै पुलको लम्बाइ १९०र१९० मिटर रहने छ । २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुँदा ढिलो गरी काम शुरु भएको देवकोटाले बताउनुभयो ।

पुलको लागत भ्याट सहित १ अर्ब ७ करोड रहेको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा राजमार्ग स्तरोन्नतिको काम दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । राजमार्ग स्तरोन्नतिको काम भने निकै सुस्त गतिमा भइरहेको छ ।

पुल निर्माणको कार्य २०८१ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको पुलको दायाँबायाँ एक–एक वटा पुल निर्माण हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond