जोडिनुहोस
  • होमपेज
  • लक इन पिरियडु सकिनुभन्दा ३० दिनअघि नै सूचना दिने निर्देशन

लक इन पिरियडु सकिनुभन्दा ३० दिनअघि नै सूचना दिने निर्देशन

नेपाल धितोपत्र बोर्डले सूचीकृत संस्थालाई संस्थापक समूह तथा अन्य समूहको लक इन पिरियड सकिनुभन्दा ३० दिनअघि सार्वजनिक गर्न निर्देशन दिएको छ ।

बोर्डले आज सोमवार सूचना निकालेर शेयर कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउनका लागि यस्तो व्यवस्था गरेको जनाएको छ । लक इन पिरियड खुल्नुअघि नै लगानीकर्ता एवम् सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनु अनिवार्य गरिएको सूचनामा भनिएको छ ।

यसरी सूचना जारी गर्दा कुल शेयर सङ्ख्या तथा लक इन अवधि समाप्त हुने मितिसमेत स्पष्ट खुलाउनु पर्नेछ । सूचनाको जानकारी धितोपत्र बोर्ड, नेप्से तथा सीडीएस एन्ड क्लियरिङलाई उपलब्ध गराउनु पर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV