
काठमाडौं । जिल्ला कारागार सिन्धुलीमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका ३० वर्षीय विमल मगर रहेका छन् ।
उनको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ गते पक्राउ परेका थिए ।
सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।