
काठमाडौंका विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पर्वका दिन छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौंको विभिन्न १३ स्थानका जलासयमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने बताएको छ ।
यस्तै गौरीघाट छठ समितिले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताएको छ । अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिएको र बाँकी काम शनिवारसम्म सकिने समितिले बताएको छ ।