
नेपाल सुपर लिग एनसएसएलको पहिलो खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा पोखराले चितवनलाई १–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेसले ७२ औँ मिनेटमा गोल गरे । यससँगै पोखराले ३ अंक जोडेको छ ।