
चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र गणतन्त्र कोरिया बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिने भएका हुन् ।
कोरियाको बुसानमा नोभेम्बर २६ देखि शुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिएकी छिन् ।