
काठमाडौं । बैदेशिक रोजगार विभागले बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ ।
विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो । आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको योग्यता र अनुभवका आधारमा नाम छनोट गरिएको विभागले जनाएको छ ।
आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको, अंग्रेजी भाषा जान्ने र कम्तिमा दुई वर्षको कार्यानुभव भएको हुनुपर्ने प्रावधान राखिएको थियो ।