
काठमाडौँ । रूसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले जानकारी दिएका छन् । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए ।
नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनको मृत्युबारे थप विवरण आउन प्राप्त हुन बाँकी नै छ । यसअघि रुसी सेनामै भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको थियो । युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा केही महिनाअगाडि मात्र नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए ।
रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गरिरहेका छन् ।