जोडिनुहोस
  • होमपेज
  • ३१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

३१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नक्कली वकिल बनेर ठगी गरेको आरोपमा एक जना प्रहरीको पक्राउमा परेका छन् ।

जाजरकोटका ४९ वर्षका मानबहादुर सिंहले कानुन व्यवसायीको नक्कली रुप देखाएर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिस छुटाइदिने भन्दै ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

छेडागाड नगरपालिका–१२ घर भएका उनले भरतबिक्रम सिंह, भक्तबहादुर सिंह र भरतबहादुर सिंह नाम प्रयोगमा ल्याउने गरेका थिए ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार अरुको नामको कानुन व्यवसायीको लाइसेन्स र सवारी चालक अनुमतिपत्र प्रयोगमा ल्याएको पाइएको छ ।

५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको रिजालको भनाइ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help