जोडिनुहोस
  • होमपेज
  • आज यी दुई प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षा हुने

आज यी दुई प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षा हुने

काठमाडौँ— हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शुक्रबार भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14