जोडिनुहोस
  • होमपेज
  • सम्भवत: अमेरिकाको धम्कीपूर्ण दबाब नभएको भए बालकृष्ण र टोपबहादुर मुछिँदैनथे : रवीन्द्र मिश्र

सम्भवत: अमेरिकाको धम्कीपूर्ण दबाब नभएको भए बालकृष्ण र टोपबहादुर मुछिँदैनथे : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्।

भ्रष्टाचारको छानबिनका लागि पनि विदेशी दबाब नै चाहिएको उनको भनाइ छ। उनले फेसबुकमा लेखेका छन्, ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईँलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।’

उनले कांग्रेस सांसद आरजू देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिन आग्रह गरेका छन्।

‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help