
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगलागी भएको छ । । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगलागी भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीका अनुसार व्यागभित्र ल्यापटपमा चार्ज गरिराखेको पावर बैँक पड्केर आगो लागेको हो । यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो लागेको भएपनि ठूलो क्षति नभएको उनले बताए । यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले बताए ।