जोडिनुहोस
  • होमपेज
  • एनसेलको बिक्री रहस्यमय छ  सभामुख घिमिरे

एनसेलको बिक्री रहस्यमय छ  सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेको बताएका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबारे अनुसन्धान गर्नैपर्ने बताए ।

‘एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ’, उनले भने । अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले एनसेल सेयर खरिद बिक्रीबारे छलफल सुरु गरेका छन् । बुधबार लेखा समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो ।

सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको बिरोधमा भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउन सुझाव दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका