
महोत्तरीको मनरा शिसवा नगरपालिकाले विपन्न परिवारका सदस्यको विवाह गरिदिने भएको छ । नगरपालिकाले पुस १ गते विवाह पञ्चमीको अवसर पारेर विपन्न परिवारका सदस्यको विवाह गरिदिन लागेको जनाएको हो । नगरपालिकाले आज बिहीवार सूचना निकालेर पुस १ गते विवाह गर्न चाहने जोडीले यही मङ्सिर २५ गतेभित्र निवेदन दिन भनेको छ । दुलहा–दुलहीका लागि लुगा–कपडादेखि विवाहका लागि लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै बेहोर्ने सूचनामा उल्लेख छ ।
विवाह कार्यक्रममा बेहुला, बेहुलीको तर्फबाट बढीमा १५ र १५ जनामात्र सहभागी हुन पाइने र बेहुली अनिवार्यरूपमा मनरा शिसवा नगरपालिकाकै हुनुपर्ने सूचनामा उल्लेख छ ।