
सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ ।