
काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले शुक्रबार फुली लगाएका छन् । प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
मन्त्रिपरिषदको बिहीबारको निर्णयबमोजिम सिग्देल रथीमा बढुवा भएका थिए । योसँगै उनी नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने समेत तय भएको छ । सेनाको अर्को रथी पद पनि रिक्त भएको छ ।
२०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए ।