देश
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय ४ पुसमा संसदीय सुनुवाइ समितिको बैठक
0 टिप्पणी

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।