
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक स्थगित भएको छ । मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित गरिएको हो । अर्को बैठक बिहीबार भोलि बिहान ८ बजे बस्ने छ । प्रवक्ता सापकोटाका अनुसार मंगलबार १० वटै प्रदेश कमिटीका इन्चार्जहरू रिपोर्टिङ राख्ने काम सकिएको थियो ।