
काठमाडौं । काठमाडौंको बिजुली बजार पुल नजिकै रहेको बार्दली रेष्टुरेन्टले मिचेको संरचना काठमाडौं महानगरपालिकाले भत्काई दिएको छ । आज (बिहीबार) बिहान डोजरसहित पुगेका नगर प्रहरीहरूले सडकको भाग मिचेर बनाएको पर्खाल भत्काइ दिएको हो ।
वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो । काठमाडौं महानगरपालिका–१० को सिट नम्बर १०२–११४६–०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको थियो ।