
एक महिनादेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका ७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले बताए । चुँदारा गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका थिए । उनको खोजी गरिदिन परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।