
काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।